मनसुन प्रणाली नेपालभर फैलियाे, मकवानपुरको आसपासको क्षेत्रमामा भारी वर्षा मापन उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ९ असार – हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। शनिबार देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ।

नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाको अनुरोध छ ।

मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोखाजोर खोला लगायत सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ भने सो क्षेत्रमा एसएमएसमार्फत जानकारी पनि पठाइएको छ।

यता कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको बताइएको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Facebook Comments Box