४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगे

काठमाडौँ, २० जेठ – ४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रतिनिधिमण्डलको टोलीसहित जेठ १७ गते भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लगायतले स्वागत गरे। दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश मन्त्रालयका विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता भएका छन्। उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग पनि भेट गरेका थिए।

 

Facebook Comments Box