प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु ‘होल्ड’मा

काठमाडौँ, ३ जेठ – प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका जहाजहरु ‘होल्ड’मा परेका छन् । दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा ‘होल्ड’ गरिरहेका छन् ।

मौसम खराबीका कारण आन्तरिक उडान समेत प्रभावित भएको छ । जसले गर्दा आन्तरिक विमानस्थलहरुमा रहेका जहाजहरु उड्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

Facebook Comments Box