पछिल्लो २४ घण्टामा देशभर २१ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ जेठ – पछिल्लो २४ घण्टामा देशभर २१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५२ आरटी पीसीआर तथा ८३९ एन्टीजेन परिक्षण सहित १ हजार ९१ जनाको परिक्षण गर्दा २१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५७ हजार १० रहेको छ भने सक्रिय संक्रमितको संख्या ११२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ९१ हजार २९१ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार ३१ रहेकाे छ ।

Facebook Comments Box