पछिल्लो २४ घण्टामा देशभर १७१ जानामा कोरोना संक्रमण पुष्टि, २ जनाकाे मृत्यु

काठमाडौँ, ५ वैशाख – पछिल्लो २४ घण्टामा देशभर १७१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८० आरटी पीसीआर तथा १ हजार ३१२ एन्टीजेन परिक्षण सहित २ हजर २९२ जनाको परिक्षण गर्दा १७१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५५ हजार २८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९२४ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २५ पुगेको छ ।

Facebook Comments Box