आज पहाडी भेगका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना
काठमाडौं , २७ चैत – स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भेगमा आंशिक बदली रही तराईमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। यस्तै राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति कतै पनि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box

