काठमाडौं महानगरपालिकाले नदी किनारको अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन
काठमाडौँ, १२ चैत – काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ। महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका संचरना हटाउन निर्देशन दिएको हो।
अन्यथा बल प्रयोग गरी संरचना हटाउने र हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित पक्षबाटै उठाउने चेतावनी महानगरले दिएको छ। महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख छ।
Facebook Comments Box

