आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान
काठमाडौँ, ७ चैत – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।
आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भईपदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।
Facebook Comments Box

