सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु
काठमाडौँ, १ चैत – सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो ।
उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।
जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ ।
Facebook Comments Box

