आज देशका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं, २८ फागुन – आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना देखिएको हो। माैसमविद्‌का अनुसार यो एक दुई ठाउँ पहाडी क्षेत्रका जुनसुकै स्थान हुनसक्छ।

यसबाहेक आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज राति भने कतै वर्षाको सम्भावना देखिएको छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यतिबेला देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

Facebook Comments Box