प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

काठमाडौं, १० फागुन – पश्चिमी वायुको आंशिक प्रभावले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भेगलगायत कर्णाली र सूदुरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। देशका बाँकी स्थानमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखका अनुसार राति प्रदेश नं १ का पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Facebook Comments Box