त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै

काठमाडौँ, ९ फागुन – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आईसीसी लिग टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल हो। यो खेल जितेमा नेपालले केही कीर्तिमान बनाउने छ।

नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग २ को त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ। बिहान ९ बजेबाट सुरु हुने खेलमा बलियो टोली मैदानमा उतार्ने तयारीमा नेपाल छ। शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई नेपालले ३ विकेटले हराएको थियो।

२०१९ देखि सुरु विश्वकप लिग २ मा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ। तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग टू ट्रफि पाउने छ।

नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

Facebook Comments Box