साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं, २० माघ – साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज शुक्रबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगंलादेशको सामना गर्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ। नेपाली टोली प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ। सिनियर टोलीका अनुभवी खेलाडीको साथमा रहेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ।

च्याम्पिनयसिपमो पहिलो खेलमा भारत र भुटान भिड्नेछन्। च्याम्पिनयसिपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान सहभागी छन्। राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।

Facebook Comments Box