पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ माघ – पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५७ आरटी पीसीआर तथा ६९३ एन्टीजेन परिक्षण सहितर ८५० जनाको परिक्षण गर्दा थप १२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३३५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।

Facebook Comments Box