नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ९ माघ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन् । ‘९:३० बजे बैठकको लागि सभापतिले बोलाउनु भएको छ। छलफलको विषय केही भनिएको छैन। त्यही गएपछि थाहा होला बद्री पाण्डे भने ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए । आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।

Facebook Comments Box