विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने
काठमाडौँ, २ माघ – यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ ।
काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ । २४ जनाको पोस्टमार्टम गरेर शव सकेसम्म आजै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ । काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान प्रशासनले आग्रह पनि गरेको छ ।
Facebook Comments Box

