अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौं, १२ पुुस – अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अधिवक्ता डा पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती हुनुहुन्थ्यो । उहाँले सोमबार पदबाट राजीनामा दिनुभएको थियो ।

Facebook Comments Box