‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह
काठमाडौँ, २ पुस – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन्। शनिबार बिहान बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष आग्रह गरेका हुन्।
प्रचण्ड निकट स्रोतका अनुसार उनीहरुबीच शनिबार बिहान बालुवाटारमा केहीबेर भेटवर्ता भएको थियो। सोही भेटमा प्रचण्डले सो प्रस्ताव राखेको स्रोतले नेपालखबरलाई जानकारी दियो।
नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेलामा देउवा र प्रचण्ड दुवै प्रधानमन्त्रीको तयारीमा रहेका छन्। प्रचण्डको उक्त प्रस्तावमाथि देउवाले छलफल गरेर अघि बढ्ने बताएका छन्।
Facebook Comments Box

