आज देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने
काठमाडौँ, १५ मङ्सिर – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
Facebook Comments Box

