“एनप्लस प्रोफेसनल” सौन्दर्य सामाग्री नेपाली बजारमा
काठमाडौँ, १३ मङ्सिर – भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्वल केयर प्रालीका लागि नेपालकी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी छिन् | श्रेष्ठ यस कम्पनीका लागि गत बर्षदेखि ब्राण्ड एम्बासडरको रूपमा आबद्ध छिन् ।
श्रेष्ठ ब्राण्ड एम्बासडर भएसँगै प्रचार प्रसारको भूमिका निर्वाह गर्दै आउनु भएको छ। प्रचार प्रसार राम्रो भएकै कारण “एनप्लस प्रोफेसनल” सौन्दर्य सामाग्रीले नेपाली बजारमा राम्रो बजार बिस्तार भएको छ ।
श्रेष्ठले कुशलताका साथ कार्यभार सम्हालेकै कारण पुन: उहाँलाई एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको नन्दिनी हर्वलका प्रबन्ध निर्देशक हितेस लिम्बानी बताउनु हुन्छ ।
त्यस्तै टेलिभिजन कार्यक्रम, ब्यूटी प्याजेन्ट, टिकटक, फेसबुक लगायत प्राय सामाजिक सञ्जालहरुमा एनप्लस प्रोफेसनलका प्रचार प्रसारमा ब्राण्ड एम्बासडरको भूमिका महत्वपूर्ण रहेकाले पनि बजार विस्तारमा टेवा पुगेको एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा बताउनु हुन्छ ।

