दक्षिण कोरियाको राजधानी सहर सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ जना घाइते
काठमाडौँ, १३ कात्तिक – दक्षिण कोरियाको राजधानी सहर सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ। हालोवीन उत्सव मनाइरहेका मानिसहरुबीच भागदौड मच्चिएको हो। अधिकारीहरुले दिएको जानकारीअनुसार यो घटनामा थप ७६ जना घाइते भएका छन्।
बीबीसीका अनुसार यो घटना सोलको इटाइवोन नाइटलाइफ क्षेत्रमा भएको हो। कोभिड महामारीपछि पहिलोपटक मास्क विना नै हालोवीन उत्सव आयोजना गरिएको थियो। अहिलेसम्म भागदौड मच्चिनुको कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार अहिले यो घटनाको विषयमा अनुसन्धानको काम भइरहेको छ।
दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलले सम्बन्धित निकायलाई घाइतेहरुको उद्धारको लागि निर्देशन दिएका छन्। उनले यो घटनाको अनुसन्धानको लागि पनि निर्देशन दिएका छन्।
Facebook Comments Box

