काठमाडौं उपत्यकामा १८ जना सहित देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ असोज – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ जना सहित देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ३०७ आरटी पीसीआर तथा १ हजार ३७१ एन्टीजेन परिक्षण सहित २ हजार ६७८ जनाको परिक्षण गर्दा थप ४५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ७३४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ७७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८६ हजार ६१७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १८ पुगेको छ ।

