काठमाडौं उपत्यकामा १५ जना सहित देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ असोज – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जना सहित देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ९७ आरटी पीसीआर तथा २ हजार ३५० एन्टीजेन परिक्षण सहित ३ हजार ४४७ जनाको परिक्षण गर्दा थप ७१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार २७७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ४८३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८५ हजार ७२० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १५ पुगेको छ ।

Facebook Comments Box