कांग्रेसको पार्टी कार्यालय, सानेपामा समानुपातिक उम्मेदवार बन्न चाहनेहरुको भीड

काठमाडौं, ३१ भदौ – राजनीतिक दलहरु प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको सूची बनाउन जुटेका छन् । नेपाली कांग्रेसले क्षेत्रबाट आएको सूचीको प्रारम्भिक अध्ययन गर्ने काम सहमहामन्त्रीहरुलाई दिएको छ । तर कांग्रेसको पार्टी कार्यालय, सानेपामा लबिइङका लागि पुग्ने नेता कार्यकर्ताको भीड लागेको छ ।

खासगरी महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेर आफूलाई पनि समानुपातिकमा राख्न आग्रह गर्नेहरुको संख्या असाध्यै धेरै छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पनि भएकाले बालुवाटारमा छन् र, उनीसँग भेट सहज पनि छैन । अर्का महामन्त्री गगनकुमार थापा डेंगु भएर घरमै आराम गरिरहका छन् । त्यसैले अधिकांश आकांक्षी शर्माको कार्यकक्षमा पुग्ने गरेका छन् ।

Facebook Comments Box