काठमाडौं उपत्यकामा ११२ जना सहित देशभर थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु
काठमाडौं, १० भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११२ जना सहित देशभर थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ६७३ आरटी पीसीआर तथा १ हजार ८४२ एन्टीजेन परिक्षण सहित ३ हजार ५५१ जनाको परिक्षण गर्दा थप ३२४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३२४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८० हजार ६६३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९९ पुगेको छ ।

