काठमाडौं उपत्यकामा १५२ जना सहित देशभर थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौँ, ८ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५२ जना सहित देशभर थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ८०६ आरटी पीसीआर तथा २ हजार ३७१ एन्टीजेन परिक्षण सहित ४ हजार १७७ जनाको परिक्षण गर्दा थप ४८७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ४०३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १६४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७९ हजार ६९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९४ पुगेको छ ।

Facebook Comments Box