काठमाडौँमा उपत्याकामा ३९० जना सहित देशभर थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्य

काठमाडौँ, २० साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ३९० जना सहित देशभर थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ९४१ आरटी पीसीआर तथा ३ हजार ५५० एन्टीजेन परिक्षण सहित ६ हजार ४९१ जनाको परिक्षण गर्दा थप ९१२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार २१५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ७६० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७१ हजार ६१२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्य भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।

Facebook Comments Box