चीनले १६ अल्पविकसित देशबाट आउने सामग्रीमा भन्सार नलिने

काठमाडौँ, १७ साउन – चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पादित करयोग्य ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ। राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत सो बारे जानकारी गराइएको छ।

सेप्टेम्बर १ मा लागू हुने सो नीतिले ती देशहरूसँग बजारका विभिन्न अवसरहरू आदानप्रदान गर्न र साझा विकासको लागि जोड दिँदै मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने पनि विज्ञप्तिमा भनिएको छ। चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अल्पविकसित देशमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

Facebook Comments Box