काठमाडौँमा उपत्याकामा ३६३ जना सहित देशभर थप ६२० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौँ, १५ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ३६३ जना सहित देशभर थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ६५१ आरटी पीसीआर तथा ३ हजार १९५ एन्टीजेन परिक्षण सहित ५ हजार ८४६ जनाको परिक्षण गर्दा थप ६२० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार १२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २९७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७० हजार ६२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६९ पुगेको छ ।

