काठमाडौँमा उपत्याकामा १५४ जना सहित देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा १५४ जना सहित देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ८५७ आरटी पीसीआर तथा १ हजार ५०० एन्टीजेन परिक्षण सहित ३ हजार ३५७ जनाको परिक्षण गर्दा थप ३५७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ९८२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५४ पुगेको छ ।

