आज देशभर आंशिक देखि सामान्यत बदली रहि केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ३१ असार – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

Facebook Comments Box