भारतले धारचुलाको धौलीगंगा बाँधको ढोका खोल्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १६ असार – भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ। ड्याम साइटमा ‘सिल्ट फ्लसिंग’ प्रयोजनका लागि बाँधको ढोका खोलिने भारतले नेपाली प्रशासनलाई जानकारी दिएको छ।
धौलीगंगा जलविद्युत पावर स्टेसनले बिहीबार (असार १६ गते) विहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो। धौलीगंगाको बाँध खुल्ने भएसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
यता ‘नेपाल बाढी सूचना’ले बुधकार साँझ सूचना प्रकाशित गरी भनेको छ, ‘महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र स्लाइट फ्लसिङ गर्दा एक्कासी बहाव बढ्न सक्ने, तटीय क्षेत्रमा भोलि विहान ५ बजेदेखि सतर्कता अपनाऔँ।’
Facebook Comments Box

