तेल ट्यांकर र यात्रु बस आापसमा ठोक्किँदा १६ जना घाइते

हेटौंडा , ११ असार – हेटौंडा उपमहानगरपालिका-९ मा तेल ट्यांकर र यात्रु बस आापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा शुक्रबार दिउँसो डिजेल बोकेको ट्यांकर र बस ठोक्किएका हुन्।

बाराबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्यांकर र नारायणगढबाट वीरगञ्ज तर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा बारातर्फ जाँदै गरेको लु ८६ प ६१३० नम्बरको मोटरसाइकलसमेत बसको पछाडि ठोक्किएको छ।

दुर्घटनामा ३ वटै सवारीका चालक र बसमा सवार यात्रुसहित १६ जना घाइते भएका हुन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबै खतरामुक्त रहेका प्रहरीको भनाई छ।

Facebook Comments Box