आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै

काठमाडौँ, ३१ जेठ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले ओमानसँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।

अमेरिका भ्रमणमा रहेको नेपाल त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको थियो। १४ खेलबाट १३ अंक जोडेको नेपाल लिगको छैटौं स्थानमा छ। ओमान भने लिगको शीर्षस्थानमा छ। उसले ३५ खेलबाट ४४ अंक जोडेको छ।

मंगलबार हुने खेलसँगै ओमानको लागि लिगको अन्तिम खेल हो। पछिल्लो पाँच भेटमध्ये नेपालले ओमानसँग केवल १ खेलमा जित हात पारेको छ भने ४ खेलमा हारको सामना गरेको छ।

Facebook Comments Box