आईजीपी विवादसम्बन्धी मुद्दाको अर्को पेसी यही जेठ ३० गते

काठमाडौँ, १७ जेठ – सर्वोच्च अदालतले आईजीपी विवादसम्बन्धी मुद्दाको अर्को पेसी यही जेठ ३० गतेलाई तोकेको छ। मंगलबारका लागि तोकिएको पेशीमा सुनुवाइ हुन नसकेपछि सर्वोच्चले अर्को पेशी जेठ ३० गतेलाई तोकेको हो।

अवकास भइसकेका तीन डीआईजीको रिट पनि सँगै राखेर हेर्न लागिएको हो। जसका कारण आजको सुनुवाइ प्रभावित भएको हो। अब ७ दिनभित्र इमेल, फ्याक्स वा अन्य विद्युतीय माध्यम मार्फत७ दिनभित्र म्याद तामेल गरी गाम्न नपाउने गरी तीन दिन भित्रमा लिखित जवाफ पेश गर्न मंगलबारको आदेशमा भनिएको छ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा मंगलबार पेशी तोकिएको थियो। तर डीआईजीको मुद्दाका कारण एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट पनि प्रभावित भएको थियो।

Facebook Comments Box