जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारकाे अग्रता
काठमाडौं, ३१ वैशाख – जनकपुर उपमहानगरपालिकामा शनिबार बिहानैदेखि मतगणना शुरु भएको छ। शुरुआती चरणमा नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याएका छन्।
मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत खसेको छ। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ।
अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ। एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।
Facebook Comments Box

