दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगकाे जानकारि
काठमाडौं, ३० वैशाख – स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मा भने आज मतदान भएको छैन ।
महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो ।
Facebook Comments Box

