‘कांग्रेसको घोषणा पत्रमा ‘एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन।’ : केपी शर्मा ओली

कञ्चननपुर, २२ वैशाख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनमा रहेका दलहरु नेकपा एमालेसँग एक्लै चुनाव लड्न डराएको बताएका छन्।

कञ्चननपुरको बेलौरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन भनिरहेको बताए।

‘एमालेसँग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन्,’ उनले भने, ‘शेरबहादुरजीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसँग एक्लै लड्न सकिँदैन, ठूलो छ भनिरहेका छन्।’

गठबन्धनको घोषणापत्रप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई गाली बाहेक अरु केही उल्लेख नगरेको आरोप लगाए। ‘कांग्रेसको घोषणा पत्रमा सभापतिको नाम ७ पटक छ, मेरो नाम ४२ ठाउँमा लेखेका छन्,’ उनले भने, ‘एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन।’ एमालेलाई टर्च लगाएर खोज्नु पर्छ भन्नेहरूलाई उनले बेलौरी सभा हेर्न आह्वान गरेका छन्।

Facebook Comments Box