नेपाल र जिम्बाबे ए बीचको अन्तिम तथा तेस्रो टी–२० क्रिकेट आज हुँदै
काठमाडौं, २१ वैशाख – बुधबार नेपाल र जिम्बाबे एबीचको अन्तिम तथा तेस्रो टी–२० क्रिकेट हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।
यसअघि पहिलो टी–२० मा जिम्बाबेले ६ विकेटको जित हात पारेको थियो भने दोस्रो खेलमा वर्षाको कारण नतिजा आउन सकेको थिएन। टी–२० सिरिज बचाउन बुधबारको खेलमा नेपालले जित हात पार्नुपर्ने हुन्छ।
Facebook Comments Box

