बजेट ल्याउने गरी संसद अधिवेशन डाक्न आवश्यक तयारीका लागि दुईजनाबीच छलफल
काठमाडौं, १८ वैशाख – अर्थमन्त्रालय बजेट निर्माणमा जुटिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतवार छलफल भएको छ।
आगामी जेठमा बजेट ल्याउने गरी संसद अधिवेशन डाक्न आवश्यक तयारीका लागि दुईजनाबीच छलफल भएको हो। दुईजनाबीच बालुवाटारमा आइतवार दिउँसो भएको भेट हो।
यो भेटका क्रममा प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आ.व. २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
Facebook Comments Box

