ढुंगा प्रहार गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं, १८ वैशाख – प्युठानको नौबहिनी गाउँपालिका ४ बाट प्रहरीले बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ। नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले उनका ३० वर्षीय छोरा तुले सुनारलाई पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन्। छोराको ढुंगा प्रहारबाट जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
Facebook Comments Box

