सीके राउत नेतृत्वको जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी

काठमाडौं, १६ वैशाख – स्थानीय तहको निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएको छ । ती पालिकाका १ हजार २ सयभन्दा बढी वडा अध्यक्षसहितको उम्मेदवारी दर्ता गराएको जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले जानकारी दिए ।

मधेस प्रदेशको सबैजसो पालिकाका साथै प्रदेश नम्बर १ को उदयपुर, सुनसरी, मोरङसहितका केही पालिका, लुम्बिनी प्रदेशको अधिकांश पालिका र बागमती प्रदेशका केही पालिकामा गरी १८० भन्दा बढी स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यसहितका पदमा उम्मेदवारी दर्ता गराएको जनमत पार्टीले जनाएको छ ।।

Facebook Comments Box