नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै
काठमाडौं, ११ वैशाख – नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। दिउँसो १ बजे सानेपामा विशेष समारोहकाबीच घोषणा पत्र सार्वजनिक गरिने कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समिति सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।
सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लागि नसकेकाले कांग्रेसले सोमबारमात्रै देशभार मनोनयन दर्ताको तयारी गरेको छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी दर्ताको समय तोकेको छ।
Facebook Comments Box

