हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
काठमाडौं, ९ वैशाख – हेटौंडा उपमहानगरपालिका ९ मा अवस्थित मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको छ भने आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा फेला परेको छ।
हेटौँडा ९मा निर्माणधिन दिव्य बाल उद्यानमा रहेको भण्डारी र आश्रितको शालिक अज्ञात समूले तोडफोड गरेको हो। शनिबार बिहान पार्कमा मर्निङ वाकमा गएका स्थानीय शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए।
प्रहरीले शालिक तोडाफोड गर्नेको पहिचान नभएको जनाएको छ। समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले राजनीतिक पूर्वाग्रह राखेर शालिक तोडफोड भएको हुन सक्ने बताए।
Facebook Comments Box

