हिमाल आरोहणका लागि ८०० जनाले अनुमति पाए

काठमाडौं, ६ वैशाख – हिमाल आरोहणका लागि ८०० जनाले अनुमति पाएका छन्। पर्यटन विभागले मंगलबारसम्म ९८ टिमका ८०० जनाले हिमाल आरोहण अनुमति दिएको हो। विभागले २३ वटा हिमाल आरोहणकोलागि आरोहण अनुमति दिएको छ। ८०० जनामा ६२६ पुरुष र १७४ महिलाले अनुमति पाएका छन्।

आरोही मध्ये २८७ जना सगरमाथा आरोहण गर्ने भएका छन्। त्यसबाहेक अमादब्लम ८२, अन्नपूर्ण २६, धौलागिरी २७, हिमलुङ ३५, कंचनजंघा ६७, लोत्से ९४, मकालु ३९, नुप्त्से ५३ जना आरोहीले अनुमति पाएका छन्। पर्यटन विभागले हालसम्म आरोहीबाट ४२ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।

Facebook Comments Box