विएण्डसिका संचालक दुर्गा प्रसाई द्वारा हल्दिबारीका १००० जना बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा

झापा, ६ वैशाख – झापाको विर्तामोडमा संचालित विएण्डसि मेडिकल कलेजका संचालक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले आाज एक कार्यक्रम बीच हल्दिबारीका १००० जना बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा प्रसाईले यस्तो समाज सेवाको कामलाई निरन्तरता दिइरहने बताउनु भयो । बिपन्न परिवारको सारथि बन्नु भएका एमालेका केन्द्रिय सदस्य तथा विएण्डसिका संचालक नेता दुर्गा प्रसाई लाई हल्दिबारीका बासिन्दाले धन्यवाद ज्ञापन गर्नुका साथै आभार व्यक्त गरेका छन् । यस अघि पनि प्रसाईले यस्ता समाज सेवमका कार्य गर्दै आउनु भएको छ ।

Facebook Comments Box