दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परेर कम्तिमा चार सय जनाको मृत्यु, दशौं हजार घरबारविहीन

काठमाडौं, ४ वैशाख – दक्षिण अफ्रिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा चार सय जनाको मृत्यु भएको छ। यो विपदबाट दशौं हजार नागरिक घरबारविहीन भएका सरकारी अधिकारीहरुले जनाएका छन्।

बाढी पहिरोमा परेर देशको दक्षिण पूर्वी क्षेत्रमा दर्जनौ मानिस हराइरहेका छन्। बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भाग डुबानमा परेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बाढीले सडकसहितका संरचना बगाएको छ भने अस्पतालमा समेत क्षति पुगेको छ। हजारौँ घर बाढीको चपेटामा परेका छन्। दक्षिणपूर्वी क्वाजुलु–नाताल प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ। बाढीपछि उद्दार कार्य तीव्र पारिएको अधिकारीहरुले जनाएका छन्।

Facebook Comments Box