चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याकबक्स भेटियो

चीन, ९ चैत – चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स बुधबार भेटिएको छ। १३३ यात्रु बोकेको विमान गत सोमबार दक्षिणपश्चिम चीनमा दुर्घटना भएको थियो।

बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै उद्धार टोलीहरू घटनास्थल पुगेर खोजी प्रयास गरेका थिए।

उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन्। विमान बेपत्ता हुनुमा मौसमसम्बन्धी कारण नभएको सरकारी अधिकारीहरुले बताएका छन्। घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन्।

Facebook Comments Box