काठमाडौँमा १६ जना सहित देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमडौं, ७ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँमा १६ जना सहित देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ९७८ आरटी पीसीआर तथा १ हजार ७७४ एन्टीजेन परिक्षण सहित ४ हजार ७५२ जनाको परिक्षण गर्दा थप ४५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार २४३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार १३५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६३ हजार १११ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

