आज देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने

काठमाडौं, ४ चैत – हाल देशमा उल्लेखनिय मौसमी प्राणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावाना रहेको विभागले जनाएको छ ।

यसैगरी आइतबार सुदूरपश्चिम, कार्णाली र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box